नाबालक छोरीलाई बेपत्ता बनाउंदा पनि पर्सा प्रहरीले सहयोग नगरेको पीडीत बुवाको आरोप

19

वीरगंज, १४ चैत्र ।
पर्सा प्रहरीले आफ्नो कर्तव्य पालना नगरेपछि एक नाबालक केटीको बुवाले पर्सा प्रहरी विरुद्ध अदालतको अपहेलना मुद्दा दायर गरेका छन् ।
मिति २०७४/८/१९ गते वीरगंज महानगरपालिका वडा नं. १६ इनर्वा बस्ने अनिल कुमार दासको १५ वर्षीय नाबालिक छोरीलाई सोही वडा बस्ने जोनी मियाँ मन्सुरी लगायतकाहरुले भगाएको नाबालक केटीको बुवा अनिल कुमार दासको आरोप रहेको छ । आफ्नो नाबालक छोरीलाई जोनी मियाँ मन्सुरी, उनको परिवार र आसेपासेहरुको मिलोमतोमा भारतमा भगाएको भनेर आफ्नो छोरी खोज्न तत्कालिन प्रहरी उपरिक्षक डा. गणेश रेग्मी कहाँ आफु पुगेको बताए । कानूनको ज्ञाता समेत रहेका कानूनची रेग्मीले बालविवाहको मुद्दा लेखाएर ल्याउनुस हामीलाई पक्राउ गर्ने आधार हुन्छ भनेर भने पछि उनले आफैले लेखाएको कागजमा आफुले दस्तखत गरेपछि जोनीको आमालाई सकिलालाई प्रहरीले ल्याएर थुन्यो । कुनै खोजी नीति नगरेपछि पर्सा जिल्ला अदालतले जोनीको आमा सकिलालाई १ हजार धरौटी लिएर १ महिना भित्र छोडिदियो । पर्सा प्रहरी र छोरी भगाउने अभियानका गिरोहहरु एक आपसमा मिलिभगत भएको कारण छोरी फेला नपरेपछि अपहरण शरीर बन्धक, जबर्जस्ती करणी तथा बेपत्ता समेतको जाहेरी दरखास्त जिल्ला प्रहरी कार्यालयमा दिन जांदा प्रहरीले लिन मानेन । पछि २०७४/१०/१७ गते आफुले सो मुद्दा हुलाकबाट जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएपछि प्रहरीले आफुलाई बोलाएर सनाखत गरायो । यहीबीच एसपी रेग्मीको सरुवा भयो उनको ठाउँमा एसपी रेवती ढकाल पर्साको प्रहरी प्रमुख बनेर आए । एसपी रेवती ढकालले आफुले भनेको सम्पूर्ण कुरा सुनेर घटनामा संलग्न रहेका मुन्ना मियाँ धुनिया, राजु मियाँ धुनियालाई बोलाएर बुझे । उनीहरुले एक हप्ता भित्र मेरो छोरीलाई खोजेर ल्याउँछु भनी जिल्ला प्रहरी कार्यालयमा कागज गरेर गएको भएतापनि उनीहरुले प्रहरी र आफुविरुद्ध अदालतबाट निषेधाज्ञा जारी गराए । सो निषेधाज्ञाको विरुद्ध लड्दै गएपछि २०७५/७/१३ गते अदालतले निषेधाज्ञा खारेज गर्‍यो । निषेधाज्ञा बदर गरेको कपी लिएर एसपी रेवती ढकाललाई भेट्न जांदा उनले आफुलाई नटेरेको अनिल कुमार दासको आरोप छ ।
प्रहरीले अनुसन्धान अगाडी नबढाएपछि आफुले परमादेश जारी गराएको र सो बारे एसपीलाई जानकारी गराउन जांदा उनले हेर्नुस अब तपाई म कहाँ नआउनुस, कुन दिन मेरो मुड खराब हुन्छ बेकारमा मेरो मुखबाट खराब कुरा निस्कन्छ बरु जानुुस् म माथि मुद्दा गर्नुस् भनेपछि आफु बाध्य भएर उनी विरुद्ध अदालतको अपहेलना मुद्दा दिन बाध्य भएको दासको भनाई रहेको छ ।
यता एसपी रेवती ढकालले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंज पर्सामा चढाएको लिखित जवाफमा २०७५/११/६ गते कार्यालयको कसुरदर्ता किताबमा मु.द.न. ४१८ मा दर्ता गरी अनुसन्धान भइरहेको जनाएका छन् । तर वीरगंज महानगरपालिका १९ हाल परिवर्तित वीरगंज महानगरपालिका वडा नं. १६ बस्ने अलियास मियांको छोरा शेखावत मियाँ, मुन्ना मियाँ र अलिहसन मियाँको छोरा राजु मियाँ धुनिया दासको घर अगाडी दैनिक बिहान उभिएर जिस्काउँदा पनि प्रहरीले धरपकड गरेको छैन । प्राप्त एक अर्को समाचार अनुसार दासले दोषी ठहर्‍याएर निवेदन दिएकाहरु तस्करी कार्यमा संलग्न भएको र एसपी ढकालकै निर्देशनमा विगत ६ महिना भन्दा बढी देखि इनर्वा चौकीमा रहेका असई भिमसिंह आचार्यसंग उनीहरुको उठबस र लेनदेन भइरहंदा यो समस्याले समाधान नपाएको बताइन्छ ।