परिक्षा रद्द गरेकोमा विद्यार्थीहरुद्वारा विरोध

30

संतोष रन्जितकार
वीरगंज, १४ चैत्र ।
राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रदेश नं. २ मा बिहीबार सञ्चालन भएको एसईई परीक्षा रद्द गरेको छ । बिहीबारका लागि तयार भएको विज्ञान विषयको प्रश्नपत्र बुधबार नै सार्वजनिक भएको खुलासा भएपछि बोर्डले परीक्षा रद्द गर्ने निर्णय गरेको हो । बिहीबार रद्द भएको प्रदेश २ को विज्ञान विषयको परीक्षा चैत २२ गते गर्ने निर्णय भएको परीक्षा नियन्त्रक (कक्षा १०) विष्णु अधिकारीले जानकारी दिए । सप्तरीको परीक्षा केन्द्रमा लाखौं रकमको चलखेलमा एक दिन अगावै प्रश्नपत्र बाहिरिएको सार्वजनिक भएपछि परीक्षा रद्द भएको हो । प्रश्नपत्रको समूह र प्रश्न नम्बर अनुसार परीक्षार्थीबाट खोसिएको चिटको प्रतिलिपि हुबहु मेल खाएको फेला परेको सशस्त्रका एसपी खेम थापाले बताए ।


बुधबार राति सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरिएको थियो । बिहीबार परीक्षा भएपछि जिल्ला परीक्षा समन्वय समितिले जिल्लाको परीक्षा रद्द गर्ने निर्णय गरेको हो । तर प्रदेशभरी एउटै प्रश्नपत्र हुने भएकाले प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाकै विज्ञान विषयको परीक्षा रद्द गरिएको हो ।
सप्तरीमा बुधबार राति नै जिल्ला शिक्षा समन्वय समितिका कर्मचारी, परीक्षा केन्द्रमा खटिएका निरिक्षक, सुरक्षाकर्मी लगायतको मिलेमतोमा प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा बिहीबार लिइएको अनिवार्य विज्ञान विषयको परीक्षा रद्द गरिएको हो ।
सो को बिरोध गर्दे हजारौको संख्यामा बिधार्थीहरु र प्रशासन बिच केहि बेर घमसा–घमसी भएको र साँझ ६ बजे देखि शान्तिपूर्ण बिरोध प्रदर्शन गर्दे निर्णय सच्याउन नाराबाजी गरेका छन ।

https://ankushdaily.com/