फोरमको वडा समिति गठन

13

संतोष रन्जितकार
वीरगञ्ज, १४ चैत ।
पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. २, ३ र ५ मा संघिय समाजबादी फोरम नेपालको वडा समिति गठन भएको छ ।
वडा नं. २ भेडिहारीमा लालबाबु चौरसियाको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन भएको हो । जुन समितिको उपाध्यक्षमा रामचन्द्र साह तेली, सचिवमा ताजिन्द्र साह कलवार, सह सचिवमा चन्द्रिका महरा, कोषाध्यक्षमा विश्वनाथ चौरसिया रहेका छन । समितिको सदस्यहरुमा किशोरी महतो नुनिया, अख्तर खाँ पैठान, रामलोचन कोइरी, करिना ठाकुर हजाम, किशुन राम, राजेश राम, मुकेश साह कलवार, राजिन्द्र महतो कोइरी, हुसननाज खातुन, सरिता देवी, लालसा देवी, सेहरा खातुन, सोभा देवी महरा, तेतरी देवी, तरसानी खातुन रहेका छन ।
यस्तै वडा नं. ५ विरन्चीबर्वामा हृदयनारायण साह कलवारको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन भएको हो । जुन समितिको उपाध्यक्षमा गंगा देवी पासवान, सचिवमा इब्राहिम देवान, सह सचिवमा प्रेम साह रौनियार, कोषाध्यक्षमा रमेश पटेल चयन भएका छन भने समितिको सदस्यहरुमा रामप्रसाद कुर्मी, भोजराउत कुर्मी, रामलोचन कुर्मी, मतारानी देवी केवट, निभा देवी कलवार, फुलमती कुर्मी लगायत रहेका छन । गाउँपालिका संयोजक दिनेश प्रसाद कलवार, जिल्ला सदस्य रामबाबु प्रसाद चौरसियाको बिशेष उपस्तिथीमा समिति गठन भएको थियो ।
त्यसैगरी वडा नं. ३, हरिहरपुरमा वडा अध्यक्ष संजय पटेलको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन भएको संघिय समाजवादी फोरम पर्साका सह सचिव मुकेश द्विवेदीले बताए । जुन समितिको उपाध्यक्षमा संजय प्रसाद कुर्मी, सचिवमा जकिर हुसेन मियाँ, कोषाध्यक्षमा रामराज प्रसाद चौरसिया रहेका छन । समितिको सदस्यमा लालसा देवी पासवान, रेयाज आलम, राजेश प्रसाद कुर्मी, कमलेश हजरा, प्रेमचन्द्र प्रसाद कुर्मी, राधेश्याम प्रसाद पटेल, प्रदिप चौरसिया, धर्मेन्द्र चौरसिया लगायतका रहेका छन ।