घुस सहित वन अधिकृत ठाकुर गिरफ्तार

9

संतोष रन्जितकार
बारा, १५ चैत्र ।
डिभिजन वन कार्यालय सिमराका जिल्ला वन अधिकृत शिवशंकर ठाकुर ९० हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।
हेटौंडाबाट बारा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले शुक्रबार दिउँसो अधिृकत ठाकुरलाई रंगेहात पक्राउ गरेको हो । उनीसँगै वन कार्यालयका सहायक वन अधिकृत गौरीशंकर केशरी २५ हजार घुससहित रंगेहात पक्राउ परेका छन् । सेवाग्राहीसँग अधिकृत ठाकुरले ९० हजार र सहायक अधिकृत केसरीले २५ हजार घुस लिए लगत्तै अख्तियारको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
सेवाग्राहीसँग घुस लिएर हैरान बनाएको उजुरी परेपछि प्रहरी नायब उपरीक्षक केशव भट्टराईको नेतृत्वमा अख्तियारको टोली बारा आइपुगेको थियो । घुस प्रकरणको विषयमा थप अनुसन्धान भइरहेको अख्तियारको टोलीले बताएको छ ।