नरपिचाश डा. यादवको कुटाईबाट श्रीमतिको मृत्यु, डाक्टर यादवलाई जोगाउन पाँच करोडको थैली

23

वीरगंज, १५ चैत ।
मनुष्यको भेषमा रहेका नरपिचाश डा. सचितानन्द यादवले निर्घात कुटेर घाइते बनाएको उनकी जेठी श्रीमति सुनिता देवी यादवको उपचारको दरम्यान शिक्षण अस्पताल काठमाण्डौंमा निधन भएको छ ।
डा. यादवले चैत्र ६ गते आफ्नो निवास हरपतगंजमा आफ्नो जेठी श्रीमतिलाई निर्घात कुटपिट गरेका थिए । आइरन तताएर डाम्नुको साथै इलेक्ट्रिक सक दिएको कारण सुनिताको हालत एकदम खराब भएको उनका आफन्तजनहरुको आरोप रहेको छ ।
सुनीता यादवका माइती पक्षले डा सचितानन्द यादव, बुवा नागेन्द्र यादव, आमा आशादेवी र भाइ अचितानन्द यादवविरुद्ध चैत १२ गत नै ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गराएका थिए । वीरगंजमा सुनिताको उपचार सम्भव नभएपछि उनलाई काठमाण्डौं लगिएको थियो । डा. एसएनका पिता हरपतगंजका पूर्वप्रधान पञ्च एवं नामुद सुदखोर नागेन्द्र यादव व्याजकै लागि कैयौलाई बिलीबाठ बनाएका छन् । तराईमा अहिले यादवहरुको एकछत्र राज चलिरहेको संघीय सरकारमा उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको ठाडो सिफरिसमा श्रीमति कुट्ने डा. एसएन यादवलाई नारायणी उपक्षेत्रिय अस्पतालको सुविधा सम्पन्न आइसियुमा भर्ना गरियो । चिकन, मटन खाएर दिन कटाउंदै आएका डा. यादवलाई शुक्रबार उनको पिटाईबाट श्रीमतिको निधन भएको खबर सार्वजनिक भएपछि जेनरल वार्डको बेड नं. ९९ मा उनलाई सारिएको छ । सुदखोर नागेन्द्र यादव आफु र आफ्नो परिवारलाई जोगाउन रु. ५ करोडको बजेट छुट्याएका छन् । पर्सा जिल्लाका छुटभैया नेतादेखि उपेन्द्र यादवसम्म यो मुद्दालाई मिलाउन तयार बसेका छन् ।