फोरमको नगर अध्यक्षमा इश्वर यादव

30

वीरगंज,१५ चैत्र ।
संघिय समाजवादी फोरम नेपालको वीरगंज महानगरको प्रथम नगर अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
नगर अध्यक्ष इश्वर यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । नगरअध्यक्ष बन्नको निम्ति ६ जना उम्मेदवारहरु भएतापनि अन्त्यमा जिल्ला सह–सचिव मुकेश द्विवेदी र इश्वर यादव बीच कुरा मिलेन । तर त्यहाँ उपस्थित भएका प्रतिनिधि र नेताहरुको आपसी सहमतिले नगर अध्यक्षमा इश्वर यादवलाई चयन गरेका थिए । आज नगर सभागृहमा सम्पन्न सो कार्यक्रममा सांसद प्रदिप यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शशिकपुर मिया ,केन्द्रिय सदस्यहरु लक्ष्मीकान्त तिवारी,फिरोज मंसुर,सिपु तिवारी,जनार्दन यादव,महिला तर्फ सुनिता साह,प्रदेश सांसद प्रहलाद गिरी,जन्नत अंसारी,जिल्ला समन्व्य समितीका सभापती नेकमहमद अंसारी,जिल्ला उपाध्यक्ष सुन्दर कुर्मी,पुर्व मेयर प्रदिप सुवेदी,संघिय शिक्षक फोरमका केन्द्रिय सदस्य बृजमोहन तिवारी,बुद्धीजिवी फोरम पर्साका अध्यक्ष शुसिल भटराई,जिल्ला उप सचिव मुकेश द्धिवेदी,पार्टीका नेता नवल किशोर यादव,विजय यादव लगाएतको उपस्थीती रहेको थियो ।

https://ankushdaily.com/