वीरगन्ज १५ चैत्र ।
देशभक्त राजभक्त सेवक समुहका अध्यक्ष पशुपति रौनियार ८५ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ ।
शुक्रबार दिउँसो करिब ३ बजेको समयमा उहाँको निधन भएको परिवारजनले बताएका छन ।
स्व. रौनियारको पार्थिव शरिरमा राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयल एवं मंचका सचिव मकबुल मियाँ बरईले संयक्त रुपमा संस्थाका ब्यानर ओढाई तथा माला चढाई अन्तिम श्रद्धाञ्जली दिएको मंचका प्रेस संयोजक प्रणय कुमारले बताएका छन । स्व. रौनियारको हिन्दु रिति रिवाज अनुसार आज दाहसंस्कार गरिने उनका छोरा दिपेन्द्र रौनियारले बताएका छन ।