राष्ट्रिय विकास परिषदमा मेयर सरावगी नियुक्त

16

संतोष रन्जितकार
वीरगंज, १५ चैत्र ।
राष्ट्रिय विकास परिषद, २०७५ को सदस्यमा वीरगंजका मेयर विजय सरावगी नियुक्त भएका छन । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७५/१२/११ को निर्णय अनुसार वीरगज महानगरपालिकाका मेयर सरावगीलाई राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त गरिएको राष्ट्रिय योजना आयोग सिंहदरबार काठमाण्डौले जनाएको छ । राष्ट्रिय आयोजना आयोग (गठन तथा कार्य संचालन) आदेश २०७४ को दफा ७ को उपदफा २(ञ्) बमोजिम मेयर सरावगीलाई नियुक्त गरिएको आयोगले जनाएको छ । आयोगले मेयर सरावगीको आयोगको च.न. ३१ भएको मिति २०७५/१२/१२ को नियुक्ति पत्र वीरगंज महानगरलाई पठाउँदै जानकारी गराएको हो ।
राष्ट्रिय आयोजना आयोग (गठन तथा कार्य संचालन) आदेश २०७४ को व्यवस्था अनुसार आगामी आर्थिक बर्ष २०७६/०७७ देखी कार्यान्वयनमा ल्याउने गरी आयोगबाट तयार गरिएको दिर्घकालिन सोच सहितको पन्ध्रौ योजना २०७६/०७७–२०८०/०८१) को आधारपत्र (मस्यौदा) राष्ट्रिय विकास परिषदरमा छलफल गरी मार्गदर्शन तथा पृष्ठपोषण प्राप्त गर्न परिषदको सदस्यमा नियुक्त भएको पत्र प्राप्त भएको मेयर सरावगीले बताए ।

https://ankushdaily.com/