कम्युनिष्ट भएकोले कसैले केही गर्न सक्दैन ः अग्रवाल

19

वीरगंज, १६ चैत्र ।
चल्तापुर्जा मारवाडी बिमल अग्रवाल आफ्ना साथीभाईहरुको बीच एकदम कन्चुस भनेर चिनिएको भएतापनि राष्ट्रियताको मामलामा उनी धनी रहेका छन् । आफु बंशज नेपाली नागरिक भएको दावी गर्ने अग्रवाल भारतमा आफु भारतीय भएको कागज जुटाएर त्यो मुलुकबाट पाउने सुविधा लिइ रहेका छन् ।
उनी मात्र नभई उनका शाखा सन्तानहरुको पनि यही हवीगत रहेको बताइन्छ । जय नेपाल साडी शोरुमका संचालक मध्ये एक बिमलका दाजूभाईहरुको पनि नेपाली नागरिकता भएतापनि भारतीय हुनको निम्ति चाहिने सम्पूर्ण कागजात रहेको छ ।
बिमल अग्रवालको ठग्ने र कन्चुस बानीको कारणले गर्दा उनका दाजूहरुले रक्सौल स्थित जय नेपाल साडी शोरुममा बस्न दिने गरेका छैनन् । बस्ने बेलामा गल्लाबाट पैसा चोर्ने साथीभाईहरुलाई कोटपाइन्टको कपडा चाहियो भन्दै छलछाम गरेर फाइदा लुट्न पल्केका बिमललाई जय नेपाल साडी शोरुमबाट हटाएर दिनको १ हजार दिने गरी भगाइएको बताइन्छ । आफु कम्युनिष्ट भएको र वर्तमान सरकारका लगुभगुहरुलाई पालन पोषण गरिरहेकोले नेपाल भारतको मात्र नभई अब दुबईको समेत नागरिकता लिने तयारीमा रहेको अग्रवालले बताउने गरेका छन् ।