कालिकामाई गा.पा.मा एक युवकको शव फेला

19

संतोष रन्जितकार
वीरगंज, १६ चैत ।
पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. ३ हरिहरपुरमा शनिबार बिहान एक युवकको शव फेला परेको छ । फेला परेको शव पोखरिया नगरपालिकाको वडा नं. १, बनकटवाका अनर्जित पटेलका छोरा अन्दाजी बर्ष १८ का भुवन पटेलको रहेको प्रहरीले जनाएको छ ।
हरिहरपुर स्थित रहेको ग·ोल नदिको पुल मुनि शनिबार विहान ६ बजे स्थानियले शव देखे पछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक मछेन्द्र केसिले बताए । त्यसपछि घटनास्थल पुगेको प्रहरीले शव पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगंज पठाएको थियो ।
मृतकका बुवाका अनुसार उनी जन्ती जदैछु भनेर घरबाट निस्केका थिए । ना. ३४ प. ९००० नम्बरको स्पेलेन्डर मोटरसाइकलमा सवार भुवनको मोटरसाइकल लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
यसभन्दा पहिला पनि त्यहि पुल नीर यस्तो घटना भएको रहेछ त्यसैले त्यस्तो भएको हुन सक्छ तर अहिले केही भन्न नसकिने प्रहरी निरीक्षक केसिले बताए । शव फेला परेको स्थल हरिहरपुर नजिकैको गाउँ कालिकामाई गाउँपालिकाको वडा नं. ५ बिरञ्चीबर्वामा शुक्रबार राती जन्ती पनि आएको केसिले जानकारी गराए ।