निःशुल्क स्वास्थय शिविरको आयोजना

6

संतोष रन्जितकार
वीरगंज, १६ चैत्र ।
नेपाल रेडक्रस सोसाइटी पर्सा, चिकित्सक श्रीमती संघ, थारु एक समाज सुपौलिको संयुक्त आयोजनामा जिराभवानी गा.पा.को सुपौलीमा निःशुल्क स्वास्थय शिबिरको आयोजना गरेको छ ।


उक्त शिविरमा डाक्टर गोपाल गजुरेल, डा. अरुण कुमार सिंह, डा रामाशंकर गुप्ता, आकाश मिश्रको सहयोगमा भएको थियो भने शिविरमा करिब ६०० जनाले आफ्नो स्वास्थयको परिक्षण गराएका थिए । शिविरमा निःशुल्क औषधि बितरण समेत गरिएको थियो । शिविरमा रेडक्रस प्रदेश २ का संयोजक फुलमहमद मिया,रेडक्रस पर्सा कार्यसमिती सदस्य पबिक्रा गजुरेल, रेडत्रस पर्साका सहायक राजन श्रीवास्तव लगायतको सहभागीता रहेको थियो ।