पत्रकार महासंघको स्थापना दिवसमा प्रभात र्‍याली

36

संतोष रन्जितकार
वीरगंज, १६ चैत्र ।
नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको उपलक्षमा शनिबार प्रभात र्‍याली निकालिएको छ । वीरगंजको घण्टाघरबाट निकालिएको प्रभात फेरि माईस्थान, आदर्शनगर, घडीअर्वा पोखरी हुँदै पुनः घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको हो । कोण सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहानले दुई तिहाईको बलमा वर्तमान सरकारले सञ्चारमाथि अंकुश लगाउने कार्यको घोर भत्सर्ना गर्दै सबैलाई एक भएर अगाडि बढन आग्रह गर्नुभएको थियो । वहाँले लोक कल्याणकारी बिज्ञापन वापतको रकम ६ महिना बिति सक्दा पनि भुक्तानी नदिएकोले सोमबारसम्म भुक्तानी नदिए आन्दोलन गर्न बाट पछि नहटने बताए ।

नेपाल पत्रकार महासंघ पर्साको आयोजनामा सम्पन्न प्रभात फेरि कार्यक्रमको अध्यक्ष नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा रहनु भएको थियो । त्यसैगरी नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) प्रदेश नं. २ का ईन्चार्ज निरज पिठाकोटे मगर, वान प्रदेश नं. २ का संयोजक आरसी यादव, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, सचिव युवराज खडका, कोषाध्यक्ष भुषण यादव, सदस्य संजिव मिश्रा, पुष्प तिमिल्सिना, पुर्व अध्यक्ष सत्रुधन नेपाल, नेपाल टेलीभिजनका नेहाल खान, पुर्व उपाध्यक्ष एवम् रेडियो वीरगंजका प्रबन्ध निर्देशक धुर्व साह, वरिष्ठ पत्रकार महेशचन्द्र गौतम, रितेश त्रिपाठी, क्रान्ती साह, फोटो पत्रकार महासंघ पर्साका अध्यक्ष बिजय चौहान, बिजय भण्डारी, एसके चौरसिया, अजित भुजेल, ग्यासुमियाँ देवान, शम्भु कुमार सुमन, जाकिर हुसेन लगायतको सहभागिता रहेको थियो ।