परिक्षा स्थगित गरेकोमा विद्यार्थीहरुद्वारा प्रहरीको गाडीमा आगजनी

17

संतोष रन्जितकार
बारा, १६ चैत्र ।
बाराको जीतपुर र कलैयामा भएको छुट्टाछुट्टै झपडपमा नेपाल प्रहरी नायव उपरीक्षक (डीएसपी) हेम शाहीसहित पाँच प्रहरी घाइते भएका छन् ।
शनिवार जितपुरमा भएको झडपमा डिएसपी शाही र प्रहरी जवान निरु श्रेष्ठ सहित चार प्रहरी घाइते भएका हुन । कलैयामा भएको झडपमा नेपाल प्रहरी नायव निरीक्षक (सई) अशोक कुर्मी घाईते भएका छन् ।


प्रदेश नम्बर–२ को एसईई परिक्षा स्थगित गरिएको बिरोधमा शनिवार बिहानैदेखि तराईमा आन्दोलन शुरु भएको छ । बारामा आक्रोशित विद्यार्थीहरुले सशस्त्र प्रहरी बलको एउटा ट्रक र प्रहरीका एक मोटरसाइकल जलाएका छन् । आन्दोलनकारीहरुले डिएसपी शाहीमाथि ढुंगा प्रहार गरेपछि झडप भएको थियो । सशस्त्र प्रहरीको गाडी जलाउने र प्रहरीलाई ढुंगा हान्ने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिइएको दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआईजी) हरि बहादुर पालले जानकारी दिएका छन् ।