म्युजिक भिडियो “मन भर्या” को बिमोचन

29

संतोष रन्जितकार
वीरगंज, १६ चैत्र ।
म्युजिक भिडियो “मन भर्या” क्यासेटको एक समारोह बीच बिरगंजको नगर सभागृहमा बिमोचन कार्यक्रम सम्पन्न भएको छ । सो भिडियोमा स्थानीय कलाकार अभि गुप्ता नायक, खलनायक बैजु प्रजापति र नायिका सुस्मिता सिंहले अभिनय गरेका हुन् । काठमाण्डौं र वीरगंजको नेशनल मेडिकलमा छाँयाकन भएको र सम्पूर्ण भिडियोग्राफि चित्रलेखा स्टुडियो वीरगंजले गरेको हो । म्युजिक भिडियोको लागत एक लाखमा २ महिनामा तयार भएको निर्मल शरार्फले जानकारी गराएका थिए । यो भिडियो एउटा रियल जिन्दगीको कहानीमा आधारित छ ।


बिमोचन कार्यक्रमको प्रमुख अतिथी नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बञ्जरा, बिशिस्ट अतिथी वीरगंज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता लगायतको उपस्थिति रहेको थियो ।