वीरगंज पब्लिक कलेजद्वारा दोस्रो दिन पनि बिदाई कार्यक्रम जारी

23

संतोष रन्जितकार

वीरगंज, १६ चैत्र ।
वीरगंज पब्लिक कलेजले शुक्रबार दोस्रो दिन पनि १२ कक्षामा अध्यनरत विद्यार्थीहरुको बिदाई तथा शुभ कामना र सम्मान कार्यक्रमको आयोजना गरेको छ । वीरगंजको होटेल भिस्वामा एक समारोहका बिच बिदाई कार्यक्रमको आयोजना गरेको हो ।

वीरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशक प्रो.डा. दिपक शाक्यको सभापतित्वमा र त्रिभुवन युनिभर्सिटीका प्रोफेसर डा. श्रीकृष्ण भक्त श्रेष्ठको प्रमुख आतिथ्य सम्पन्न बिदाई कार्यक्रममा त्रिभुवन युनिभर्सिटीका प्रोफेसर डा.यादव राज कोईराला , प्रोफेसर डा.सुशिल भक्त माथेमा , एल.सि.सि.आई. टेनर सौरभ लोहनी , बिपिसि क्याम्पसका प्रिन्सिपल बिनय श्रेष्ठ , हरिरत्न तुलाधर , को–अर्डिनेटर अरबिन्द श्रेष्ठ, बिनय कुमार ठाकुर , अभियान दैनिकका ब्युरो चिफ ओमप्रकाश खनाल , ई·्लिस डट कमका अध्यक्ष दिगम्बर थापा, नेपाल टेलिभिजनका रिपोर्टर नेहाल खान , बिरगंज मानवसेवा आश्रमका दिवेस गुप्ता , अन्सु कार्की , सन्चारकर्मी जाकिर हुसेन, अजित भुजेल लगायतको सभागिता रहेको थियो । कार्यक्रम संचालन बिपिसी कलेजका को–अर्डिनेटर शंकरमान श्रेष्ठले गर्नु भएको थियो ।