नेपाल प्रहरीद्वारा निःशुल्क स्वास्थय शिविर

22

संतोष रन्जितकार
वीरगंज, १९ चैत्र ।
आइतबार आएको विनासकारी हावाहुरीबाट क्षतिग्रस्त जिल्ला पर्सा वीरगंज म.न.पा. वडा नं. २२ जगरनाथपुर गाउँमा २०९ वटा घर धुरीमा क्षती भएको हुदाँ क्षति ग्रस्त गाउँमा स्थानिय व्याक्तिहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपचार गराउने उद्देश्यले नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौबाट हाडजोर्नी विशेषज्ञ प्रहरी नायब उपरीक्षक डा.अमिन कुमार श्रेष्ठको नेतृत्वमा ३ जना मेडिकल अफिसर सहित १० जनाको टोलीले १९३ जनालाई स्वास्थ्य सेवा उपलव्ध गराएको छ । स्वास्थ्य जाँचको क्रममा सामान्य बिरामी देखी रुघाखोकी झाडापखाला घाउँ चोटपटक लागेका उचित उपचार नपाएका बिरामीहरुलाई उपचार गराउनुको साथ साथै हड्डी चर्किएको बिरामीको प्लाष्टर गरी बिभिन्न रोगहरुको औषधीहरु समेत बितरण गरिएको थियो । स्वास्थ्य शिविर बिहान ९ः३० बजे सुरु भई साँझ ३ः३० बजे सम्म चलेको थियो । उक्त स्वास्थ्य शिविरको अवलोकन पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल समेतले गर्नु भएको थियो । उपचार पछी स्थानीय व्यक्तिहरुले निःशुल्क स्वास्थ्य शिविरबाट निकै लाभान्वित भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्लले जानकारी दिनु भयो ।