सबै एकजुट भएर अगाडी बढ्नुपर्छ ः सभापति देउवा

19

वीरगंज, १९ चैत्र ।
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बीरगञ्जस्थित नारायणी अस्पताल र नेशनल मेडिकल कलेज पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका छन् ।
सभापति देउवाले घाइतेको उपचारमा कमी हुन नदिन चिकित्सकहरुलाई आग्रह गरेका छन् । उनले राहत र पुनस्र्थापनामा सबै एकजुट भएर अघि बढ्न सबैलाइ आग्रह गरे ।
नारायणी अस्पतालमा रहेका विरामीको अवस्था बुझेपछि देउवा आ“धीबाट बढी प्रभावित बाराको फेटा गाउ“पालिका भलुइ भरवलिया र पुरैनिया हुंदै कलैया अस्पतालमा भर्ना भएका घाइतेहरुलाई भेटेर फर्किएका थिए । उनले हावाहुरी प्रभावितहरुलाई भेटेर कांग्रेसको तर्फबाट २५ लाख सहयोग गर्ने घोषणा गरेका थिए । उनले केन्द्र सरकारको उपस्थित कम देखिएको भन्दै असन्तुष्टि समेत जनाएका छन् ।
देउवासंगै नेपाली कांग्रेसका सह महामन्त्री प्रकाशसरन महत, केन्द्रिय सदस्य आनन्द ढुंगाना, राधेचन्द्र यादव, फर्मुल्लाह मंसुर, अजय चौरसिया, महेन्द्र यादव, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी लगायत बारा पर्साका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

https://ankushdaily.com/