हावाहुरी पीडितलाई पूर्व प्रधानमन्त्री प्रचण्डको सहयोग

13

संतोष रन्जितकार
वीरगञ्ज, १९ चैत ।
पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) वीरगंज पुगी उपचाररत घाइतेसंग भेटेका छन । हेलिकप्टर मार्फत वीरगंज पुगेका अध्यक्ष प्रचण्डले नारायणी अस्पतालमा पुगी हवाहुरीबाट घाइते भएकाहरुसंग भेट गरेका हुन ।
आइतबार भिषण हवाहुरीबाट घाइते भएकाहरुसंग भेट गर्दै प्रचण्डले स्वास्थ्य लाभको कामना गर्दै दुःख समेत व्यक्त गरेका थिए । यस पछि प्रचण्ड हावाहुरी प्रभावित क्षेत्रको निरिक्षण तथा राहत वितरण गर्ने पनि कार्यक्रम रहेको बताए ।
मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएकाहरुको परिवारलाई ५/५ लाख रुपैयाँ दिने घोषणा गरेका थिए ।
उनले मधेस शोकमा रहेका बेला सिंगो देशले नै सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । हावाहुरीबाट प्रभावितलाई भेट्न मधेस झरेका प्रचण्डले मंगलबार नै पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई पनि भेटेका थिए । त्यसपछि उनी फेटा–६ बरैनिया पुगेका थिए ।

https://ankushdaily.com/