हावाहुरी प्रकरणमा काम गर्ने हनुमान पगरी गुथ्ने ढेडु

78

वीरगंज, १९ चैत्र ।
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नारायणी उपक्षेत्रिय अस्पतालमा हावाहुरीबाट पीडितहरुलाई भेटेर नेशनल मेडिकल कलेजमा रहेका घाइतेहरुलाई भेट्न पुगे ।
त्यहाँ गाडीबाट ओर्लेर बिरामी भेट्न जाने दरम्यानमा उनको स्वागतको लागि खटिरहेका नेशनल मेडिकल कलेज एवं शिक्षण अस्पतालका अध्यक्ष डा. जैनुद्दिन अंसारी तर्फ इंगित गर्दै नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले देउवालाई यहाँका घाइतेको राम्रो उपचार भइरहेको छ सब डा. अंसारीको अगुवाईमा राम्रो भइरहेको छ भनेर बताए । सभापति देउवाले हाँसेर टाउको हल्लाएपछि डा. जैनुद्दिनले हजुर एक करोड भन्दा बढी आफ्नो खर्च भइसकेको बताउँदै अझ हुँदैछ । जबकि सबै सिरियस बिरामीहरु वीरगंज हेल्थ केयरमा नेशनल मेडिकल कलेजले पठाउने गरेको “नाम बडे और दर्शन छोटे” भने जस्तै दक्ष डाक्टरको अभावको कारण मेजर अप्रेशनहरु लायक केश नेशनलले वीरगंज हेल्थ केयरमा पठाउने गरेकोले २० वटा माइनर १३ वटा मेजर ४ वटा ब्रेनको र ९ वटा साधारण अप्रेशन भइसकेको र कैयौको हात खुट्टा स्टिल लगाउने काम भएको डा. अबुल हैसले बताए ।