संतोष रन्जितकार
वीरगंज,१९ चैत ।
वीरगंजस्थित रहेको हेल्थ केयर अस्पतालले बारा र पर्सामा आइतबार राति आएको हावाहुरीमा परि घाईते भएका व्यक्ति तथा कुरुवाका लागि निःशुल्क उपचार तथा खानाको व्यवस्था गरेको छ ।
घाइतेभई उपचाररत रहेका व्यक्ति र उनका आफन्तजन र कुरुवाको लागि वीरगंज स्थित वीरगज हेल्थ केयर.अस्पतालमा निःशुल्क खानाको व्यवस्था गरेको हो ।
अस्पतालमा हालसम्म १२५ घाईतेको उपचार भइरहेको छ । अहिले सम्म ४० जना घाईतेको उपचार गरी रेफर गरीएको छ ।
ॅप्रकृतिले ल्याएको प्रकोपका बेला आफुले गर्न सक्ने हरेक सम्भव सहयोग गर्छौं, डा.अबुलेस हसनले भने, ॅआफ्नो गाउँ–ठाउँमा समस्या परेको बेला स्थानीयहरुले नै आफ्नो श्रोत प्रयोग गर्दै सहयोग गर्नु पर्छ ।’
हसनले आइतबार आएको हावाहुरीका दिन अस्पतालका हरेक डाक्टर तथा स्वस्थ्यकर्मीले घाईतेका उपचारलाई पहिला प्राथमीकता दिएका थिए । पीडितहरुको उद्दार र उपचारमा कुनै कसर बांकी नछोडने उनको प्रतिबद्धता रहेको थियो ।
आइतबार रातिको शक्तिशाली हुरीले प्रभावित बनेको बाराको भरवलियामा सामूहिक ’मेस’ सञ्चालन गरेको छ । हुरीले बिचल्लीमा परेका बालबालिका भोकै बनेपछि मंगलबार बिहान सामूहिक मेस सञ्चालन गरेको हो ।