खेलाडीहरुलाई बेल्ट तथा प्रमाण–पत्र बितरण

20

संतोष रन्जितकार
वीरगंज, २० चैत्र ।
पर्साको सो–क्योकुशिन कराते संघद्धारा बीरगंजको रामगढवा २४ मा एक कार्यक्रमको आयोजना गरी कराते खेलाडीहरुलाई प्रमाण– पत्र तथा बेल्ट बितरण गरेको छ ।
सो–क्योकुशिन कराते संघका प्रदेश न.–२ का प्रदेश अध्यक्षमा अशेसर पटेलको सभापतित्वमा सुरु भएको कार्यक्रममा बोल्दै पटेलले ॅस्वास्थको लागि खेलकूद राष्ट्रको लागि खेलकूद’ नाराको साथ सो–क्योकुशिन कराते संघले खेलाडीहरुलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने आफुले कुनै कसर न छोडने बताउँदै कार्यक्रमको समापन गर्नुभएको थियो । सो कार्यक्रमको प्रमुख अतिथि श्रीपुर वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक चक्रबहादुर मल्लले खेलाडीहरुलाई प्रमाण–पक्र तथा बेल्ट बितरण गरेका थिए ।


कार्यत्रममा पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष निशान्त लामिछाने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सुब्रत श्रेष्ठ, प्रमोद कुमार रौनियार, युवा नेता सन्तोष साह, पुर्व नेपाल विद्यार्थी सँघका अध्यक्ष दिलिप राज कर्की, वीरगंज रामगढवाका पुर्व अध्यक्ष जंगाली पटेल, अध्यक्ष दशरथ पटेल, नेबिसंघका क्षेत्रीय सभापति रन्जित पटेल, तरुण दल पर्साका नगर उपाध्यक्ष जंग बहादुर पटेल, सञ्चारकर्मी श्रवण साह, अजित कुमार भुजेल, विनोद पटेल लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।