चेली सहकारीद्वारा रक्तदान

5

संतोष रन्जितकार
वीरगंज, २० चैत्र ।
वीरगंज घण्टाघरमा चेली कृषि सहकारी संस्थाको आयोजनामा संस्थाकी अध्यक्ष कमला घिमिरेको सभाफतित्वमा रक्तदान कार्यत्रम सम्पन्न भएको छ । आइतबार आएको विनाशकारी हावाहुरीले घाइते बनाएका व्यक्तिहरुको सहयोर्गाथ ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसर फारी बृहत रक्तmदान कार्यत्रमको आयोजना गरिएको हो ।
सो रक्तदान कार्यत्रममा महिला र फुरुष गरी १७० जनाले रक्तदान गरेका थिए । रत्तदान गर्नेहरुमा धर्मेन्द्र सिंह, प्रतिमा श्रेष्ठ, रोशन कुमार गुप्ता, शिव केसी, अजय प्रजापति, इन्दु रन्जितकार, पार्वती थापा, सुजाता अधिकारी, सुरेन्द्र झट्ट लगायतका व्यक्तिहरु रहेका थिए ।


कार्यत्रममा सहयोगी हातहरु राष्ट्र सहकारी बैंक, जिल्ला कृषि सहकारी संघ, आफन्त नेपाल, सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि., मध्य नेफालको सहयोगमा रक्तदान कार्यत्रम गरिएको थियो । ऊक्त रत्तदान कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख नारायण झट्टराईले रक्तदाताहरुलाई ब्लड बैग दिई कार्यत्रम शुभारम्भ गर्नुभएको थियो । सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल, श्री चण्डी प्रसाद गणका गणपति सृजन मल्ल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, समाजसेवी डा. शुषमा तिवारी द्विवेदी, सामाजिक अभियन्ता प्रकाश थारु लगायतको सहभागिता रहेको थियो ।