डा. केसीद्वारा घाइतेहरुको उपचार

8

संतोष रन्जितकार
बारा, २० चैत्र ।
आइतबार बेलुका आएको हावाहुरीबाट प्रभावितको उपचार र राहत सामग्री वितरण गर्नको लागि डा.गोविन्द केसी बारा जिल्लामा आएका छन् । बाराको पुरैनिया पुगेका डा. केसीले हावाहुरीबाट घाइते भएकाहरुको उपचार र राहत सामग्री समेत वितरण गरेका हुन् ।
पुरैनिया र भतुही भरवलीयामा पुगेर १५० जना भन्दा बढी घाइतेको उपचार गरिएको र पीडितलाई खाद्यान्न र कपडाहरु समेत वितरण गरिएको डा. केसीले बताए । उनले फेटा गाउँपालिका वडा नम्बर ६ पुरैनियाका वडा अध्यक्ष जाकिर हुसेन लगायत धेरै जनाको उपचार गरेका छन् ।
डा. केसीले क्षतिग्रस्त गाउँमा पुग्दा अधिकांश घरहरु भत्केको र धेरै जना अझै पनि उपचारबाट बञ्चित रहेको अवस्था देखेको बताए ।
हावाहुरीबाट बारामा मात्रै ६ सय भन्दा बढी घाइते भएका छन् ।