तस्करीको सामान बरामद

15

संतोष रन्जितकार
बारा, २० चैत्र ।
इलाका प्रहरी कार्यालय जितपुर बाराले भन्सार छली गरेर ल्याएको अबैध लत्ताकपडासहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ । भारतबाट आउँदै गरेको ना ७ ख ७९८४ नम्बरको ट्रकलाई नियमित चेकजाँच गर्ने क्रममा ट्रकबाट ४० लाख बराबरको अबैध सामान फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले दिएको जानकारी अनुसार उक्त सामान भन्सार नतिरी ल्याईएको थियो । बरामद गरिएको उक्त समान सहित ट्रकलाई क्षेत्रीय राजस्व कार्यालय पथलैयामा बुझाउने तयारी भइरहेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।