Home समाचार नेता नेपालद्वारा घाइतेको अवस्थाबारे जानकारी

नेता नेपालद्वारा घाइतेको अवस्थाबारे जानकारी

by अंकुश दैनिक
1 views

पर्सा, २० चैत (रासस) ः
नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बारा पर्साको विभिन्न ठाउँमा आएको विनाशकारी हावाहुरीबाट घाइते भई विभिन्न अस्पतालमा उपचार गराइरहेकासँग भेट गरी उनीहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिनु भएको छ ।
नेता नेपालले आज वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल र नेशनल मेडिकल कलेजमा पुगी घाइतेको उपचारको अवस्था बुझ्दै उपचारमा कुनै पनि किसिमको ढिलाइ नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो ।
नारायणी उपक्षेत्रीय अस्पतालका मेसु एमामुल हक र नेशनल मेडिकल कलेजका निर्देशक बसुरुदिन अन्सारी दुवैलाई घाइतेको उपचारमा कुनै पनि किसिमको कसर बाँकी नराख्न नेता नेपालले निर्देशन दिएको नेकपाका केन्द्रीय सदस्य नागेन्द्र चौधरीले बताउनुभयो । नेता नेपालले हावाहुरीबाट प्रभावित क्षेक्रको निरीक्षण गर्ने तथा राहत वितरण गर्ने कार्यत्रम रहेको पनि चौधरीले बताउनुभयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.