राजपाका नेताहरुद्वारा घाइतेहरुको अवलोकन

37

संतोष रन्जितकार
वीरगंज, २० चैत्र ।
गएको आइतबार साँझ बारा र पर्सा जिल्लामा भएको आँधी हुरीबाट घाइते भएकाहरूको विभिन्न अस्पतालमा गई स्वास्थ स्थिति बारे जानकारी लिदै तथा बाराको चैनपुर, शिवपुर, रामटोला, खुट्वा, भरवलिया, मनगढवा, पुरैनिया, रमपुरवा, हरदिया, परसुरामपुर, पंचरौता र पर्साको बीरगंज महानगरपालिका वडा नं. १८ को सुखचैना र वडा नं. २२ को जगरनाथपुरमा क्षति भएको स्थानमा पुगेर पिडित व्यक्तिहरुसंग प्रत्यक्ष भेट गरि राष्ट्रिय जनता पार्टी नेपालका संयोजक शरत सिंह भण्डारी, अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महत्तो, अनिल झा र २ नं. प्रदेशका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले पिडित परिवारलाई भेटी राहत स्वरूप त्रिपाल र मृतक परिवार तथा घाइते परिवारलाई नगद प्रदान गरि सहयोग गर्नु भएको हो ।

सो टोलीमा माननीय निर्जला राउत, माननीय एकबाल अहमद, बारा जिल्ला समन्वय समितिको संयोजक नवल किशोर साह, महासचिव राजेश मान सिंह, शिव पटेल, केन्द्रीय सदस्यहरू मिनु ठाकुर, मुन्नी श्रीवास्तव, बरकतुल नेसा, पर्सा जिल्ला अध्यक्षहरू प्रेमबाबु पटेल, जगदीश पटेल, जिल्ला सचिव उमेश सहनी, राजेश साह, नेताहरू रामबाबु पासवान, अयुब मियाँ, रोशन पटेल, संगीता दास युवा नेताहरू विष्णु पटेल, लियाकत अली, अफरोज मंसूरी, भुषाल चौरसिया, राहुल सरार्फ, बिधार्थी नेताहरू जिल्ला अध्यक्ष मधुसूदन चौरसिया, ठाकुर राम ईकाइ अध्यक्ष अमित यादव, सचिव सागिर अली, अफरोज आलम , विक्की राज पटेल लगायतको उपस्थिति रहेको थियो ।