शिवशक्ति सहकारी संस्थाद्वारा हावाहुरी प्रभावित क्षेत्रमा राहत वितरण

28

संतोष रन्जितकार
वीरगंज, २० चैत्र ।
भिषण हावाहुरीबाट प्रभावित बाराका पिडितहरुलाई ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्था वीरगंजले राहत वितरण गरेको छ । हावाहुरीबाट प्रभावित फेटा गाउँपालिकाको भलुई भरवलिया र चैनपुमा बुधबार राहत वितरण गरेको हो । हावाहुरी पिडितहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अरुण साहले बताए । अध्यक्ष साहको नेतृत्वमा गएको टोलिले बाराका प्रभावित क्षेत्रहरुमा पुगेर घरदैलो गर्दै लगभग ८ सय परिवारलाई राहत तथा खाद्यान्न सामग्री वितरण गरेको थियो । खाद्यान्न सामग्रीमा अण्डा, पाउरोटी, बिस्कुट, फ्रुटी, चाउचाउ लगायतका सामग्रीको पोका बनाई वितरण गरीएको अध्यक्ष साहले जानकारी गराए ।