सामुदायिक केन्द्रद्वारा ट्राफिक सचेतना

25

संतोष रन्जितकार
वीरगंज, २० चैत्र ।
कुम्हालटोल सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीको अध्यक्ष रमेशकुमार चौधरीको अध्यक्षतामा बुधबार कुम्हालटोल इनर बाइपासमा एक दिने ट्राफिmक सचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ । सो कार्यत्रममा ट्राफिक नियम सम्बन्धि सवारी चालकलाई जानकारी गराउदै कार्यक्रम सञ्चालन गरिएको थियो भने कार्यक्रमका प्रमुख अतिथी वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निशान थापा, बिशिष्ठ अतिथि वडा नम्बर ५ का अध्यक्ष प्रदीप चौरसिया, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीका सम्पुर्ण प्रतिनिधि सदस्य लागायतको सहभागिता रहेको थियो ।