मन्त्री झा र राष्ट्रिय विद्यार्थी संघद्वारा राहत वितरण

19

संतोष रन्जितकार
वीरगंज, २१ चैत्र ।
राष्ट्रिय विधार्थी संघ पर्साद्वारा बीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुरमा हावाहुरीबाट क्षतिग्रस्त ५० घरपरिवारलाई त्रिपाल वितरण गरेको छ ।

वितरण टोलीमा राजपा नेपालको महासचिव राजेश मान सिंह, मुस्लिम विभाग प्रमुख खैरूद्दीन मियाँ, राष्ट्रिय पत्रकार संघको अध्यक्ष बिरेन्द्र साह, युवा नेताहरू लियाकत अली, अफरोज आलम, विष्णु पटेल, संजीव यादव, विधार्थी नेताहरू जिल्ला अध्यक्ष मधुसूदन चौरसिया, ठाकुरराम क्याम्पसका अध्यक्ष अमित यादव, सचिव सगिर अली, अफरोज आलम लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी आइतबार साँझ हावा हुरीले क्षतिग्रस्त बनाएका प्रभावित पर्सा जिल्ला बहुदरामाइ नगरपालिकाको बहुअरीपिडरी, भौराटार, बिश्रामपुर र पिपरामा बिहिबार पीडितहरुको अबस्थाबारे प्रत्यक्ष अवलोकन गरि क्षतिपूर्तीको आश्वासन दिएको छ ।


पीडितहरुलाई लाई त्रिपाल बितरण गरिएको थियो भने घर भत्केकाहरुलाई सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको राज्यमन्त्री डिम्पल झाले बताउनु भयो । बितरण टोलीमा प्रदेश सभा सदस्य रमेश पटेल, राजपाका महासचिव शिव पटेल, केन्द्रिय सदस्य रम्भा मिश्र, पर्सा संयोजक जगदीश पटेल, बहुदरामाइ नपाका वडा अध्यक्ष द्वय प्रमोद यादव, पुनिलाल साह लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।