महालक्ष्मी सहकारी संस्थाद्वारा राहत वितरण, सभापति कलवारद्वारा मृतक परिवारलाई नगद प्रदान

26

वीरगन्ज, २१ चैत्र ।
हावाहुरीबाट प्रभावित भएकाहरुलाई महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले राहत सामग्री वितरण गरेको छ ।
वीरगंज माईस्थान स्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले बारा जिल्लाको पुरैनिया र फेटामा पुगेर पीडितहरुलाई राहत स्वरुप साडी तथा अन्य कपडाहरु वितरण गरेको हो ।


त्यसैगरी नेपाली कांग्रेस वीरगन्ज नगर कार्यसमिती पर्साका सभापतिले हावाहुरीबाट मृतक परिवारहरूलाई ५ हजार १ सय रुपैयाँ नगद सहयोग गरेका छन ।
हावाहुरीबाट पीडितहरुलाई राहत स्वरुप नेपाली कांग्रेस वीरगन्ज नगर कार्यसमिती पर्साका सभापति भोला कलवारले प्रत्येक मृतक परिवारहरूलाई ५ हजार १ सय रुपैयाँ दिएका हुन । साथै कलवारले हावाहुरीबाट पीडितहरुका लागि निःशुल्क भोजनको ब्यवस्था समेत गरेका छन ।

https://ankushdaily.com/