वीरगंज उद्योग वाणिज्य संघद्वारा पीडितहरुलाई राहत वितरण

18

वीरगञ्ज, २१ चैत्र ।
गएको आइतवार साँझ एक्कासी आएको हावाहुरीबाट पीडितहरुको सहयोगार्थ पर्सा जिल्ला अन्तर्गत जगरनाथपुरका २०० घरपरिवारलाई वीरगञ्ज उद्योग वाणिज्य सङ्घले बिहिबार राहत सामग्री वितरण गरेको छ । राहत सामग्रीमा चामल, दाल, तेल, नुन, बाल्टी, मग, सोयाबडी, झुल लगायतका आवश्यकीय वस्तुहरु वितरण गरेको हो ।


वीउवा सङ्घका कार्यवाहक अध्यक्ष सुबोधकुमार गुप्ताको सक्रियतामा ऊक्त राहत सामग्री वितरण गरिएको थियो । वितरण कार्यत्रममा पर्साका सांसद प्रदीप यादव, सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, पूर्व अध्यक्ष अशोककुमार टेमानी तथा गणेशप्रसाद लाठ, स्थानीय जनप्रतिनिधिहरु, वीउवासङ्घका सचिवालय प्रतिनिधिहरु लगायतको उपस्थितिमा राहत सामग्रीहरु वितरण गरिएको थियो ।