हावाहुरीबाट मृत्यु भएकाहरुलाई उचित क्षतिपूर्ती दिन सरकारका सबै निकाय लागि परेको छ ः मन्त्री यादव

16

संतोष रन्जितकार
वीरगंज, २१ चैत्र ।
उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले बारा र पर्सा जिल्लामा आएको हावा हुरीका कारण मृत्यु भएकाहरुलाई उचित क्षतीपूर्ति दिने काममा सरकारका सबै निकायले लागि परेको धारणा व्यक्त गर्नु भएको छ । नेपाल पत्रकार महासंघको सभाहलामा आयोजित पत्रकार सम्मेलमा उहाँले नेकपाका नेता पुष्प कमल दाहाल प्रचण्डले मृतकका परिवारलाई दिने भनि घोषणा गर्नुभएको पाँच लाख रुपैंयाँ दिने कुरामा कहीँ पनि आशंका नभएको समेत बताउनुभयो ।

मन्क्री यादबले राहत बितरणलाई व्यवस्थित गर्नको लागि राज्यका सबै निकाय लागेकाले त्रमश वास्तबिक पीडित परिवारले राहत पाउँदै जाने र अव कहीँ कतै पनि गुनासो नआउने गरि सबै लाग्न निर्देशन दिइएको समेत बताउनुभयो । नेकपाका नेता समेत रहेका मन्त्री यादबले घर निर्माण, पुर्नस्थापना र सहज जीवनको लागि आवश्यक सबै उपाएको अवलम्बन गर्न सबै तहका सरकार लागि परेको सम्ते बताउनुभयो । उहाँले पार्टीका कार्यकर्ताहरुले राहतमा उल्लेख्य भूमिका निर्वाह गरेको समेत बताउनुभयो । पत्रकार सम्मेलनमा नेकपाका नेताहरु प्रभु हजरा, छोटेलाल यादव, राजकुमार गुप्ता, बिचारी यादव, निर्मला देवकोटा, तेजप्रकाश निसाद, बसुरुद्दिन अंसारी लगायतको सहभागिता रहेको थियो । यसअघि मन्त्री यादवले वीरगंज २२ जगरनाथपुरमा २०९ बोरा चामल बितरण गर्नुभएको थियो ।