अवैध घरेलु मदिरा नष्ट

21

संतोष रन्जितकार
वीरगंज, २२ चैक्र ।
शुत्रबार वीरगंज महानगरपालिका वडा नं. २७ उदयपुरघुर्मी स्थित आन्ध्रा फारमको बाँसको झाँडीले घेरिएको खोला नजिक रहेको महेश रामको जग्गामा बलजफ्ती फुसको अस्थायी छाप्रो बनाई सोही ठाउँमा बस्ने भरत यादवले अवैध घरेलु मदिरा बनाउंछ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले खानतलासी गर्ने क्रममा उक्त फुसको छाप्रो बाहिरबाट बन्द अवस्थामा पाएपछि सोही वडाका वडा सदस्य संदिप कुमार साहको रोहवरमा ताल्चा फुटाई भित्र ४ वटा ड्रममा मदिरा बनाउने कच्चा पदार्थ ३०० लिटर बरामद गरी मदिरा भठ्ठि सहित कच्चापदार्थलाई नष्ट गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक चक्रबहादुर मल्लले जानकारी गराएका थिए ।