Home समाचार एमबी केडिया सेवा ट्रष्टद्वारा हावाहुरीबाट प्रभावितलाई ११ लाख सहयोग

एमबी केडिया सेवा ट्रष्टद्वारा हावाहुरीबाट प्रभावितलाई ११ लाख सहयोग

by अंकुश दैनिक
0 views

वीरगञ्ज, २२ चैत ।

हावाहुरी प्रभावितका लागि छिटो भन्दा छिटो घर बनाउने बताएका छन् । उनले घर निर्माणका सन्दर्भमा संघीय सरकारसँग समेत कुरा भइसकेको बताउँदै घर प्रदेश सरकारले नै बनाउने दावी गरे । एमबी केडिया सेवा ट्रष्टको तर्फबाट हावाहुरी प्रभावितका लागि प्रदान गरिएको ११ लाख आर्थिक सहयोग बुझ्दै उनले सेना मार्फत प्रभावितको घर बनाउने सहमति भएको जानकारी दिए । ‘प्राकृतिक विपदलाई हामीले रोक्न सक्दैनौं, हामीले सक्ने भनेको जो पीडित छन्, जो दुःखी छन्, उनीहरुको चोटमा मल्हम लगाउने हो । जुन हामीले गर्दै पनि आएका छौं,’ उनले भने, ‘घर निर्माणका सम्बन्धमा प्रधानमन्त्रीसँग मेरो कुरा भएको छ । प्रधानमन्त्रीले सेनासँग गराउँदा बेटर हुन्छ भन्नुभएको छ । अन्य प्रदेश सरकारले पनि एक/एक करोड दिन्छु भनेका छन् । मुख्य मन्त्री राहत कोषमा जम्मा भएको रकम सेनालाई दिन्छौं, उनीहरुले अब घर बनाउँछन् ।’ धेरै संघसंस्था, उद्योगीहरु ठूलो परिमाणमा सहयोग गर्न तयार रहेको बताउँदै उनले सबै मिल्दा छिटो भन्दा छिटो घरबार बिहीन बनेका हावाहुरी प्रभावितको घर बन्ने बताए । सहयोग रकम हस्तान्तरण गर्दै केडिया आँखा तथा दाँत अस्पताल व्यवस्थापन समिति अध्यक्ष एवं केडिया सेवा ट्रष्टका अध्यक्ष हिरालाल केडियाले विपदमा परेकालाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । गत आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा २८ जनाको मृत्यु भएको थियो भने झण्डै २ हजार घरधुरी घर बिहीन बनेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.