वीरगंज, २२ चैत्र ।
किर्ते जालसाजी गरेर गुठीको जग्गा व्यत्तिको नाउँमा दर्ता गराउन पैसा खाएर सिफरिस गर्ने वडा अध्यक्ष भरत प्रसाद कुर्मी फरार भएका छन् । मधेशी जनअधिकार फोरमबाट निर्वाचित भएका कुर्मीको सिफारिसमा हुंदै नझएको व्यक्तिको जग्गा अन्य व्यत्तिलाइ बिक्री गरी करोडौंको घोटाला गरेकोले वडा नं. १७ का वडा सचिव झुना महरा र न.प.स. रफिक अंसारी सरकारी मेहमान बनेर जिल्ला प्रहरी कार्यालय पर्साको हवालातमा रात बिताइरहेका छन् । पर्सा जिल्ला मजडिहा पिपरा वडा नं. ५ कि.नं. ५२, १ बिगहा १ कठ्ठा सुशिला भट्टराई र राकेश साहको नाउँमा र लालपर्सा वडा नं. ८ कि.नं. १५० को १ बिगहा ७ धुर गंगा प्रसाद सेढाई र लालपर्सा कै कि.नं. २५० ४ कठ्ठा ५ धुर गंगा प्रसाद सेढाई कै नाउंमा पास गरिएको छ । नृसिंह मंदिर पिप्रामठको हकभोगमा रहेको गुठीको यो जग्गा किर्ते जालसाजी गरेर वडाअध्यक्ष भरत प्रसाद पटेलले अरुको नाममा गराउन रु ६० लाख घुस असुलेको बजारमा चर्चा छ । कुनै बेला सो मठका महन्थ रहेका राघवदासको श्रीमती इन्द्रकला देवी मुज्जफरपुर निवासीले आएर आफु राघवदास नेपालमा नाम भएका भारतमा रामचन्द्र साहीको श्रीमति भएको र महन्थको २०६५ /११/२५ गते मृत्यु भएको भनी मृत्यु दर्ता प्रमाण–पत्र वडा अध्यक्ष कै सहयोगमा प्राप्त गरी २०७५/६/२२ मा सो जग्गा हकहस्तान्तरण बिक्री वितरण गर्नको लागि वडा अध्यक्ष भरत प्रसाद पटेलले सिफारिस गरेकै आधारमा किर्ते जालसाजी तवरले यो काम भएको र यस काममा भरत प्रसाद पटेल कुर्मी भरपुर लाभ असुल गरेको बताइन्छ । संघीय समाजवादी फोरमको टिकटबाट निर्वाचित भएका भरत कुर्मीको पार्टी अहिले केपी ओलीको वर्तमान सरकारको सहयात्री हो ।
दुई तिहाईको भयत्रासमा न्यायपालिकामा समेत वर्तमान सरकारले प्रभाव जमाउन खोजी रहेको वर्तमान अवस्थामा कुर्मीलाई उन्मुक्ति दिलाउन लाखौंको चलखेल भइरहेको बजारमा व्यापक हल्ला छ । श्री नृसिंह मंदिर पिप्रामठ व्यवस्थापन तथा संरक्षण समितिका अध्यक्ष श्री देवनाथ उपाध्यायले पर्साका प्रजिअ नारायण भट्टराईलाई शुक्रबार एक ज्ञापन–पत्र दिई दोषीमाथि कडा कारवाहीको मांग गर्नुभएको छ ।