कृषि वैज्ञानिक पौडेलद्वारा आफ्नो जग्गा कब्जा

18

बारा, २२ चैत्र ।
कृषि वैज्ञानिक खडगभक्त पौडेलले आफ्ना पिताजीद्वारा पाएको पुस्तैनी जग्गा पूर्व जर्नेल शान्त कुमार मल्लको पञ्जाबाट छुट्याउनु भएको छ । पंचायतमा चाकरी चापलुसी गरेवापत मल्लका पिताजी स्व. जर्नेल शेरबहादुर मल्लले जंगलसमेत २५ बिगहा जग्गा निगाहबक्स पाएका थिए । शक्ति र पहुंचको आडमा शान्त कुमार मल्लले आफ्ना पिताजीले पाएको सो जग्गाका वरिपरि मिचेर अहिले ४० बिगहा पुर्‍याएका छन् । जसमध्ये पर्सा वन्यजन्तु आरक्षको केही जग्गा र सर्वसाधारणहरुको समेतको रहेको छ । शुक्रबार अदालतको जिल्ला, पुनरावेदन, र सर्वोच्च तिनै तहबाट मुद्दा जितेको भएतापनि विगत ३ महिनादेखि आजभोली अमिन पठाएर जग्गा छुट्याउने आश्वासन दिंदै आएका नेपाली सेनाका पूर्व जर्नेल शान्त कुमार मल्लले आफ्नो प्रभावमा कहिल्यै अमिन पठाउन लगाएनन् । चैत्र २२ गते अमिन आएर जग्गा छुट्याउने समय सिमा तय गरिएको थियो तर मल्लको निर्देशनमा अमिन नआएपछि कृषि वैज्ञानिक खड्गभक्त पौडेलले आफ्नो जग्गामा जर्नेलले जबरजस्ती लगाएको केराको बोट काटेर फाली आफ्नो नाउंमा रहेको जग्गा आफ्नो हकभोगमा सम्पूर्ण गाउंले त्यहाँ उपस्थित पत्रकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधिहरुको अगाडी गर्नु भएको थियो ।