नेविसंघद्वारा पीडितहरुलाई राहत वितरण

19

संतोष रन्जितकार
वीरगंज, २२ चैत्र ।
आइतबार बेलुकी आएको हावाहुरीले बारा र पर्सा जिल्लामा अहिलेसम्म २९ जनाको ज्यान गएको छ । सो हावाबाट करिब चार सय जना घाइते भएका हुन् । हावाहुरीले क्षती पुर्‍याएको चार दिन पुग्दा पनि केन्द्रीय विपत् व्यवस्थापन समितिको बैठक बस्न सकेको छैन ।
मुलुकको एक भागमा आइलागेको प्राकृतिक विपत्तीप्रति वर्तमान सरकार त्यति संवेदनशील बन्न नसकेको उसको राहत र उद्धारको शैलीले देखाएको छ । प्रदेश २ मा घरबारविहीन भएका जनताका लागि अहिलेसम्म सरकारले ४ सय भन्दा केही थान बढी पालमात्रै पठाएर पीडितलाई थप निराश बनाउने काम गरेको छ । यस अवस्थामा पीडित लाई सहयोग गर्न का·्रेसका सभापति शेर बहादुर देउवाले गरेको आग्रह अनुसार नेविसंघ निवर्तमान अध्यक्ष नैनसिंह महराको नेतृत्वमा प्रभावित क्षेत्रमा नेविसंघले राहत वितरण गरेको छ ।
निवर्तमान अध्यक्ष महरले भने, नेविसंघ पार्टीका लागि माक्रै शत्ति होइन, देशलाई सकस परेका बेला यो विना पोशाकको सेना हो । त्यसैले पीडामा परेका दाजुभाइ, दिदीबहिनीलाई राहत र सहयोगका लागि हामी यहाँ पुगेका हौँ । नेविसंघका कार्यकर्ता केही दिन पीडित क्षेत्रमै बसेर उनीहरुको सहयोगमा खटिने महरले बताए । यसैगरी नेविसंघले अस्थाई घर टहरा निर्माणमा समेत सहयोग गर्ने नेविसंघका बद्री तिवारीले जानकारी दिए ।

https://ankushdaily.com/