सडक निर्माणको काममा गुणस्तरहिन भेटिएमा सहृय नहुने ः मुख्यमन्त्री राउत

9

संतोष रन्जितकार
वीरगंज, २२ चैत्र ।
सडक निर्माणकार्यमा लापरवाही गरे कडा रुपमा प्रस्तुत हुने प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले चेतावनी दिएका छन् । उनले आफ्नो प्रदेशभित्र निर्माण हुने कुनै पनि सडकको काममा गुणस्तरहिनता भेटिएमा आफूलाई सहृय नहुने बताए ।
वीरगंजमा सडकको शिलान्यास गर्दै मुख्यमन्त्री राउतले कर्मचारी आफैँले सडक निर्माण कार्यको जिम्मेवारी लिनुपर्ने बताए । ॅप्रदेश सरकारको बजेटमा वीरगञ्जका यी दुई योजना पहिलो योजना हुन्,’ भौतिक पूर्वाधार विकास कार्यालय वीरगंजका प्राविधिक तथा कर्मचारीलाई चेतावनी दिँदै उनले भने, ॅकुनै पनि कामको गुणस्तरमा सम्झौता भयो भने कसैलाई छोड्ने वाला छैन,’


मुख्यमन्त्री राउतले प्रदेश सरकारको करिब रु ८ करोडको बजेटमा वीरगञ्ज–१५ लक्ष्मनवामा निर्माण हुने ३ दशमलव ४६ किलोमिटर र नगवा गणेश टोलको बाढि प्रभावित क्षेत्रमा निर्माण हुने २ दशमलव ३१ किलोमिटरको कालोपक्रे सडकको शुत्रबार छुट्टाछुट्टै शिलान्यास गरेका छन् । सम्झौता भएको म्याद भित्र ठेकेदारलाई ती सडकको काम पूरा गर्न पनि उनले निर्देशन दिए । लक्ष्मनवाको सडकको बजेट रु. ५ करोड ८ लाख ६४ हजार (भ्याटसहित) रहेको छ । यो सडकको निर्माण कार्य चैत २४ पछि १५ महिना भित्र निर्माण कार्य सकिनु पर्ने सम्झौतमा उल्लेख रहेको भौतिक पूर्वाधार विकास कार्यालय वीरञ्जका इन्जियिनर सन्जय साहले बताए ।
साढे ५ मिटर चौडाईको सडक लक्षमनवा–भेडियाहीस्थित हरिहर साह निमावि हुँदै जिल्ला आयुर्वेद कार्यालय सम्म बन्ने बताए । सडकमा करिब १ किलोमिटर सम्म ढलान र वस्ती आसपासमा नालाको योजना पनि रहेको इन्जिनियर साहले जानकारी दिएका छन् ।
नगवाको सडकको बजेट भ्याटसहित २ करोड ९१ लाख ९० हजार रहेको र यो योजना आगामी वर्ष २०७६ को चैत १८ सम्म सक्नुपर्ने छ । गणेश टोलमा अव्यवस्थित बसोबास बढेपछि उक्त टोल डुबान क्षेत्रमा परिणत भएको थियो । लक्ष्मनवाको सडक निर्माण गर्ने जिम्मा महादेव खिम्ती–सन्तोष जेभी वीरगंजले पाएको छ भने नगवाको सडकको काम आश्रय–अंकित जेभीले पाएको छ ।