संतोष रन्जितकार
वीरगंज, २२ चैत्र ।
सामुदायिक संस्था सानो पाइलाले सोलार स्कुल नेपालको सहयोगमा फेटाका हुण्डरी पीडितहरूका लागि एक किलोवाटको सोलार ऊर्जा जडान गरेको छ ।
सानो पाइलाले हुण्डरीले बिद्युत अवरूद्व भएको भरवलियामा पहिलो चरणमा सोलार जडान भएको जनाएको हो । संस्थाका कार्यक्रम निर्देशक रौनक सर्राफले प्रभावित सबै गाउँका लागि थप १५ सेट सोलार आवश्यक रहेको बताए । उनले सोलार बत्तीसँगै प्रभावित क्षेत्रका बालबालिकाको शिक्षा र स्वास्थ्यमा सानो पाइला सक्रिय रहेको बताए । हुण्डरी पीडित फेटा गाउँमा एक किलोवाटको सोलार सामुदायिक संस्था सानो पाइलाले सोलार स्कुल नेपालको सहयोगमा फेटाका हुण्डरी पीडितहरूका लागि एक किलोवाटको सोलार ऊर्जा जडान गरेको छ ।