वीरगंज, २२ चैत्र ।
स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय वीरगंजले विभिन्न दाताहरुको सहयोगमा शुक्रबार बारा जिल्लामा हावाहुरीबाट प्रभावित भएका पीडितहरुलाई राहत सामग्री वितरण गरेको छ । मानव अधिकार समाजको सभापति कृष्ण खनालको नेतृत्वमा बाराको तेलगाई, प्रशुरामपुरमा १ लाख पचास हजार बराबरको राहत सामग्री वितरण गरेको हो । वितरण गरिएको सामग्रीहरुमा झुल, जुटको चटाई, त्रिपाल, चामल, दाल, आलु, प्याज, तेल, नुन, बिस्कुट, चाउचाउ, भुजा, चिउरा आदि सामग्रीहरु पीडितहरुलाई वितरण गरिएको थियो । सो वितरण कार्यक्रममा समाजका महासचिव दिपक साह कानु, उपसभापति नन्दकिशोर यादव, कोषाध्यक्ष उर्मिला कुमारी कुशवाहा, केन्द्रिय सदस्यहरु बिना देवी बैठा, सिता उप्रेती, नितिन साह, निरज अधिकारी, मुकेश गुप्ता,अनिल प्रधान, रेयुकाई नेपालका कोषाध्यक्ष अमित श्रेष्ठ, हर्दिया प्रशुरामपुरका सशस्त्र प्रहरी नायब निरिक्षक रमेश घिमिरे, जनपत प्रहरी सहायक निरिक्षक कमलेश कुमार यादव, तेलगाई वडा नं. ७ का वडाअध्यक्ष रामजनम प्रसाद यादव लगायतको सहभागिता रहेको थियो ।