क्यान महासंघद्वारा पीडितहरुका लागि सोलार जडान

16

संतोष रन्जितकार
वीरगंज, २३ चैत्र ।
क्यान महासंघले हावाहुरीबाट प्रभावित पिडितहरुलाई राहत स्वरुप सोलार वितरण गरेको छ । शनिवार विहान केन्द्रिय टोलीका अध्यक्ष हेमन्त चौरसीयाको नेतृत्वमा गएको टोलिले बाराको महागढिमाई नगरपालिका अन्तर्गत पर्ने तेलगाईमा ५ लाख बराबरको सोलार वितरण गरेको हो । एक सयवटा घरमा पुग्ने गरी २ वटा बल्ब बाल्न र मोबाईल चार्ज गर्न मिल्ने सोलार, युपिएस र बल्ब वितरण गरेको क्यान पर्साका अध्यक्ष आलोक कुमार चौरसीयाले बताए । खासगरी एस.ई.ई परिक्षा दिईरहेका तर विद्युत सञ्चालन समेत हुने नसकेका विद्यार्थीहरुलाई लक्षित गरि ऊक्त सोलार सेट वितरण गरेको अध्यक्ष चौरसियाले बताए । राहत वितरण कार्यत्रममा केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष नवराज कुँवर, महासचिव रञ्जीत पोदार, केन्द्रिय सदस्य श्याम कल्प, भुपाल श्रेष्ठ, प्रदेश नम्बर २ का अध्यक्ष बालकृष्ण श्रेष्ठ, बाराका अध्यक्ष गणेश शर्मा, रौतहटका अध्यक्ष जितेन्द्र कुमार, पर्साका सह सचिव गणेश सरार्फ, प्याबसन अध्यक्ष हरिशंकर साह लगायतको उपस्थिति रहेको थियो ।