नेपाल भारत मैक्री रेडियो श्रोता संघद्वारा रत्तदान कार्यक्रमको अयोजना

38

संतोष रन्जितकार
वीरगंज, २३ चैत्र ।
नेपाल झारत मैक्री रेडियो श्रोता संघले शनिबार वीरगंजको घण्टाघरमा खुल्ला रत्तदान कार्यक्रम आयोजना गरेको छ । रत्तदान कार्यक्रमको संघका कोषाध्यक्ष शम्भु चौधरीले रक्तदान गरी उद्घाटन गर्नु झएको हो ।
सो कार्यक्रममा ११ जना महिला सहित १०९ जनाले रत्तदान गरेको कार्यक्रम संयोजक शम्भु चौधरीले जानकारी दिनु भयो । रक्तदान गर्नेहरुमा सगुन राणा, सबिना देउजा, प्रिति गुप्ता, पल्बी चौधरी, बबि पाण्डे, पुजा कुश्वाहा, निरुषा श्रेष्ठ, संगिता कुमारी, मुन्ना कार्की, प्रणा यादव, रेखा गुप्ता, रेडियो बिन्दासका प्रबन्ध निर्देशक आरसी.यादव, राममधार मेहता, मनिस कुमार मेहता, आमोद प्रसाद गुप्ता लगायतले रक्तदान गरेका थिए ।
नेपाल भारत मैत्री रेडियो श्रोता संघका अध्यक्ष बिजय पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा दिलिप बराल, संस्थाका संरक्षक कुरबान हवारी, महा–सचिव प्रकाश शाक्य, कोषाध्यक्ष शम्भु चौधरी, राजेश साह, एम.डि.सजाद अंसारी लगायतको उपस्तिथी रहेको थियो ।