वीरगंज महानगरपालिकामा भांडभैलो

22

संतोष रन्जितकार
वीरगन्ज, २३ चैत्र ।
वडा सदस्यहरुले गैरकानुनी विभिन्न मागंहरु राखेपछि वीरगन्ज महानगरपालिकाको चौथो नगरसभाको बन्दसत्र पुनः स्थगीत भएको छ । वीरगन्ज उद्योग बाणिज्य संघको सभाहलमा आयोजित बन्दसक्र कार्यत्रमको सुरुमै वडा सदस्यहरुले महालेखा परिक्षकले बेरुजु गरेका पेश्की तथा भत्ता मिन्हा हुनु पर्ने, प्रत्येक महिना १० लिटर पेट्रोल र संचार खर्चको साथै बार्षिक रुपमा कपडा भत्ता पाउनु पर्ने, बार्षिकरुपमा कम्तीमा दुई पटक विदेश भ्रमण सुबिधाको व्यवस्था हुनुपर्ने लगायत विभिन्न मांगहरु राख्दै व्हीप जारी गरेका थिए । महिला नपसहरुले नगरसभाको बन्दसत्रमा सहभागीता जनाउन चाहेपनि अगुवा वडा सदस्यहरुले हस्ताक्षर गर्न नदिने व्हीप जारी गर्दै कार्यक्रममा सहभागी हुन नदिएपछि बन्दसत्रमा सदस्यहरुको गणक सख्या कम भएको भन्दै सभा स्थगीत गरिएको जनाइएको थियो । नगर प्रमुख विजय कुमार सरावगी लगायत विभिन्न वडा अध्यक्षहरुले नियम अनुसार पुरा गर्नसकिने मांगहरु राख्न अनुरोध गरे पनि वडा सदस्यहरुको मांगमा परिवर्तन नआएपछि प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतले नगरसभाको बन्दसत्र स्थगीत गरिएको घोषणा गर्नुभएको थियो ।