९ महिला सहित ४७ जनाद्वारा रक्तदान

5

संतोष रन्जितकार
वीरगंज, २३ चैक्र ।
कुम्हालटोल सुधार समाजले शनिबार रत्तदान कार्यक्रमको आयोजना गरेको छ । वीरगंजको मेरी गोल्ड माविमा सम्फन्न रक्तदान कार्यत्रममा ९ जना महिला सहित ४७ जनाले रक्तदान गरेका हुन् ।
कुम्हालटोल सुधार समाजका अध्यक्ष नन्दलाल राउतको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी रहेका थिए । वहाँले रक्तदानले जातिय विभेदको अन्त्य भइरहेको बताउनुभयो । कार्यक्रममा प्रहरी उपरीक्षक रेवति ढकाल, रवि कोईराला, जय राम बराल, प्रहरी निरिक्षक निसान थापा, पत्रकार महासंघका सचिव युवराज खड्का, नेहाल खान लगायतको उपस्थिति रहेको थियो ।
हिराकाजि महर्जन, अजिता पटेल, बैझनाथ साह, राम बाबू रायमाझी, मुन्ना सोनि, पवन सर्राफ, गायत्री देविद्वारा व्यवस्थापन गरिएको सो कार्यक्रममा स्वागत मन्तव्य कुम्हालटोल टोल सुधार समाजका सचिव हेमन्त शाक्यले दिएका थिए भने सहजिकरण हेमन्त तामाङले गरेका थिए ।