संतोष रन्जितकार
वीरगंज, २४ चैत्र ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले विश्वमा जो कोहीले पनि संघर्ष नगरेसम्म आफ्नो अधिकार प्राप्त गर्न नसक्ने बताएका छन् । वीरगन्ज स्थित नगरसभागृह (टाउनहल) मा आयोजित नेपाल वैश्य युवा संघको राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री गद्दीले विभिन्न जाती समुदायका व्यक्तिहरुको संगठित भएको यस संघले आफ्नो अधिकारको लागि संघर्ष गर्नुपर्ने बताए । उनले वैश्य समुदायको मुख्य काम भनेका व्यवसाय हो, आर्थिक कारोबार गर्ने तपाईहरुको पेशा हो, धेरै समुदायमा व्यवसाय गर्ने व्यक्तित्वहरु हुन्छन् भन्दै यक्रो बढि जातीय समुदायका व्यत्तित्वहरु एक ठाउँमा भयो भने जस्तोसुकै परिवर्तन पनि सम्भव हुने बताए । जबसम्म एकबद्ध भई एउटा शक्ति बन्दैन, तबसम्म तपाईको आवाज कोही पनि सुन्दैन, त्यसैले सबै एकबद्ध भई आफ्नो अधिकारको लागि संघर्ष गर्नुपर्छ भन्दै मुख्यमन्त्री गद्दीले यो संगठन एउटा जातीय तथा राजनीतिक संगठन नझई व्यवसायिक संगठन हो र यो संगठन ठूलो शक्ति हो, जसले व्यवसायिक क्षेत्रमा लागेका व्यत्तित्वहरुको अधिकारको लागि संघर्ष गर्ने भएकोले सबैले संगठनप्रति इमान्दारितापुर्वक लाग्नुपर्ने बताए ।
यसैगरी राष्ट्रिय जनता पार्टीका राजेन्द्र महतोले वर्तमान अवस्थामा पहिचानको लडाई मात्रै रहेको बताए । उनले वैश्य युवा संघ भनेको एउटा ठूलो शक्ति हो, यस कुरालाई तपाई सबैले बुझ्न सक्नुपर्छ र यसलाई स्थापित गराउन सक्नुपर्छ भन्दै महतोले आफ्नो पहिचान आफैले बनाउनुपर्ने बताए । विगतका दिनमा जातीय आधारमा कामको मूल्यांकन गरिन्थ्यो तर अहिले जुनसुकै जातीय समुदायका व्यक्तित्वहरुले मुलुकमा प्रतिनिधित्व गरिरहेको छ, यो हाम्रो लागि ठूलो उपलब्धि हो, त्यसैले सबैले आ–आफ्नो पहिचानलाई स्थापित गराउनुपर्ने बताए ।
नेपाल वैश्य युवा संघ जिल्ला कार्य समिति पर्साका हिरा केडियाको सभापतित्वमा आयोजित कार्यक्रममा पर्सा जिल्ला क्षेत्र नं. ३ का साँसद हरिनारायण रौनियारले आ–आफ्mनो मन्तव्य व्यक्त गरेका थिए । कार्यत्रममा वीरगन्ज स्थित विभिन्न जातीय समुदायबाट वैश्य युवा संघमा प्रतिनिधित्व गर्ने व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।