सांसद प्रदिप यादवको अगुवाईमा नागरिकता वितरण

33

वीरगन्ज २४ चैत ।
जिल्ला प्रशासन कार्यालय पर्साले आज देखी जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण सुरु गरेको छ ।
गृह मन्त्रालयले जन्मसिद्ध नागरिकका सन्तानले आमा र बाबु दुवैको नागरिकता ल्याए नागरिकता बनाइदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दिएको निर्देशनको पालना गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण गर्न सुरु गरेको हो ।
जन्मका आधारमा नागरिकता पाएकाको सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गरिनुपर्ने माग विगत लामो समयदेखि उठाउँदै आएको भएपनि त्यो पूरा हुन सकेको थिएन ।


गृह मन्त्रालयले यही चैत १९ गते देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन निर्देशन दिएको थियो । फलस्वरुप जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानले अब वंशजका आधारमा नागरिकता पाउन थालेका छन् ।
यस्तै माननीय प्रदिप यादवको बिशेश पहलमा वंशजको आधारमा नागरिकता पाउनेमा वीरगंज महानगरपालीका वडा नम्बर १३ का सुरेन्द्र साह सोनार र तारा देवी सोनारका जुम्ल्याहा सन्तान २० वर्षीय अन्नु कुमारी सरार्फ र विकाश कुमार सरार्फले आइतबार जिल्ला प्रशासन कार्यालय पर्साबाट वंशजको आधारमा नागरिकता उपलब्ध गराइएको थियो । यस्तै वीरगंज महानगर १३ कै महमद आलम र सबाना खातुनका छोरा १८ वर्षीय मोहमद शेख अरमान आलमले पनि वंशजको आधारमा नागरिकता पाएका छन । दुवै परिवारका बुवाले जन्मको आधारमा नागरिकता लिएका थिए भने आमाले वैवाहीक अंगीकृत नागरिकता लिएका थिए । तिनै जनालाई पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईले नागरिकता हस्तानतरण गर्नु भएको थियो ।
जन्मका आधारमा नागरिकता पाएकाको सनतानले वंशजको आधारमा नागरिकता पाउनु पर्ने मांग गर्दै विगत लामो समय देखी संघिय समाजवादी फोरम नेपालका सांसद यादवले सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए । सांसद यादवको पक्षमा फैशला गर्दै सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानलाई संविधानअनुसार वंशजको नागरिकता दिन सरकारलाई आदेश गरेको थियो ।