डाबर नेपालद्धारा पीडितहरुको लागि दश लाख सहयोग

12

बारा, २५ चैत ।
बाराको रामपुर टोकनीमा रहेको डाबर नेपालले हावाहुरीबाट पिडित बनेकाहरुको सहयोगको लागि आइतबार राति १० लाख रुपैया सहयोग गरेको छ ।
बारा र पर्सामा आएको हावाहुरीबाट पिडित बनेकाहरुको सहयोगको लागि मूख्यमन्त्री राहत कोषमा डाबर नेपालले १० लाखको चेक रकम सहयोग गरेको हो । डाबर नेपालका कारखाना प्रमुख कैलाश राम चौरसिया र मानव संसोधन प्रमुख मनोज भगतले प्रदेश नम्बर २ का मूख्यमान्त्री लालबाबु राउत गद्दीलाई आईतबार बेलुका १० लाखको चेक रकम हस्तान्तरण गरेको थियो । चेक रकम बुझ्दै मूख्यमन्त्री गद्दीले डाबर नेपालले गरेको सहयोगले हावाहुरी पिडितको पिडामा मलहम लगाउने काम गरेको बताए ।
कारखानाका मानव संसोधन प्रमुख मनोज भगतले हावाहुरी पिडितको पुर्नवास गराउनमा सहयोग पुग्ने उद्देश्यले मूख्यमन्त्री राहत कोषमा कारखानाको तर्फबाट रकम सहयोग गरिएको बताए ।
डाबर नेपालले यसअघि पनि देशमा आउने दैविक प्रकोप पिडितलाई सहयोग गर्दै आएको र भविष्यमा पनि यस्तो सहयोगलाई निरन्तरता दिइरहने भगतले बताए ।