त्रिवेणी स्पेनिङ्गमा आगलागी, करोडौंको क्षति

3

संतोष रन्जितकार
वीरगंज, २५ चैत्र ।
आइतबार राती १०ः४५ बजेको समयमा त्रिवेणी स्पेनि· प्रा.लि.मा आगलागी भएको छ । सो आगलागीमा परी कारखानाको ४ प्लान्टको १ प्लान्ट पूर्ण रुपमा जलेर नष्ट भएको हो । सो आगलागी मोटर सर्ट भएर लागेको त्यस कारखानाका एक मजदुरले बताए ।


आगो लागेको केही बेरमै बारा र पर्साका विभिन्न स्थानहरुबाट ९ वटा बारुणयन्त्र पुगेर आगो निभाउने कार्य गरेको थियो । सो आगो बिहान २ः३० बजेको समयमा नियन्त्रणमा लिइएको कारखानाका प्रशासकीय अधिकृत प्रेमकुमार सिंहले जानकारी दिनुभयो । आगो निभाउने कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत बारुणयन्त्रका कर्मचारीहरु रहेका थिए । आगलागीको बखत कारखानामा ६५० मजदुरहरुले काम गरिरहेको प्रशासकीय अधिकृत सिंहले बताए । आगलागीमा परी उत्पादन गरी राखिएको १२७ टन फाइबर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने आगलागीबाट करोडौंको क्षति भएको कारखाना संचालकहरुको दावी छ ।