संतोष रन्जितकार
वीरगंज, २५ चैत्र ।
संघीय समाजवादी फोरम नेपाल निकट समाजवादी विद्यार्थी फोरम नेपालले सोमबार विभिन्न मांग राख्दै ठाकुरराम बहुमुखी क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ ।
कलेजमा बढेको भ्रष्टाचारलाई नियन्त्रण, संचालन तथा पठन–पाठनमा आइरहेको समस्यालाई समाधान, प्रशासनिक अनियमिततालाई सुधार, परिक्षामा कडाई, क्यान्टिन संचालन, क्याम्पसको आय–व्यय सार्वजनिक गर्न, पुस्तकालय व्यवस्थित गर्दै नियमित संचालन गर्न लगायतको मांग राख्दै विद्यार्थी फोरमले सोमबार क्याम्पस प्रमुख डा. प्रमोद कुशवाहालाई ज्ञापन पत्र बुझाएको हो ।
विद्यार्थी फोरमका ठाकूरराम बहुमुखी क्याम्पस एकाई कमिटीका अध्यक्ष हरिन्द्र साह नेतृत्वमा गएको विद्यार्थीहरुको टोलिले क्याम्पस प्रशासनलाई २४ घण्टाको अल्टिमेटम दिंदै मांगहरु सम्बोधन गर्न आग्रह गरेको थियो । मांगहरु सम्बोधन नगरी एक तालाबन्दी लगयातका अन्य कडा आन्दोलन गर्ने विद्यार्थी फोरमले चेतवानी समेत दिएको थियो ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा समाजवादी विद्यार्थी फोरम नेपालको जिल्ला अध्यक्ष एजाजबाबु रांकी, प्रदेश सदस्य अमित द्विवेदी, ठाराब एकाई उपाध्यक्ष शशिकान्त सर्राफ, रुस्तम अन्सारी, एकाई सदस्य अब्दुल रहमान, नासिर आलम, सर्फराज आलम, रणधीर बरनवाल, मन्टु साह लगायतको उपस्थिति रहेको थियो ।