भ्रष्टाचार विरुद्ध राजनीतिक दल लाग्नुपर्छ ः नेता सिंह

8

काठमाडौँ, २६ चैत (रासस) ः
नेपाली का·्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार विरुद्धको आन्दोलनमा राजनीतिक दल लाग्नुपर्ने बताउनुभएको छ । प्रजातन्त्र पुनःस्थापना दिवसको अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ॅभ्रष्टाचार विरुद्धको अभियान ः लोकतन्त्रका पर्याय गणेशमान’ विषयक विचार गोष्ठीमा उहाँले भ्रष्टाचार अन्त्यको लागि राजनीतिक दलनै लाग्नुपर्ने बताउनुभएको हो । नेता सिंहले विसं २०४६ को जनआन्दोलनलाई सफल बनाउन स्व गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । विसं २०४६ मा आएको परिवर्तनलाई संस्थागत गर्न नसक्दा विसं २०६२/६३ को आन्दोलन गर्नुपर्ने अवस्था आयो, यो राजनीतिक दलको कमजोरी हो, उहाँले भन्नुभयो, गणेशमान सिंह भ्रष्टाचार विरोधी नेता हुनुहुन्थ्यो ।
का·्रेसका केन्द्रीय सदस्य एवं प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीले प्रजातान्त्रिक प्रक्रियालाई टिकाएर राख्न गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । गणेशमान सिंह लोकतन्त्रका लागि बढी चिन्तन गर्ने र त्यसको संरक्षणमा लागि पर्ने व्यक्ति हुनुहुन्थ्यो, उहाँले भन्नुभयो ।
पूर्वसभामुख दमननाथ ढु·ानाले लौहपुरुष गणेशमान सिंह भ्रष्टाचार विरोधी नेता भएको बताउनुभयो । भ्रष्टाचार घटाउन व्यक्तिभित्र निष्ठाको खाँचो आवश्यक छ, उहाँले भन्नुभयो । पूर्वसभामुख ढु·ानाले भ्रष्टाचार राजनीतिक दलबाट बढिरहेको बताउँदै भ्रष्टाचार घटाउन राजनीतिक दल र जनप्रतिनिधि लाग्नुपर्ने उल्लेख गर्नुभयो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेलले मुलुकमा देखिने र नदेखिने भ्रष्टाचार बढ्दै गएको बताउँदै यसले लोकतन्त्रलाई खतरामा पार्न खोजेको बताउनुभयो । आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णीम वाग्लेले गणेशमान सिंहको बारेमा नयाँ पुस्तालाई चिनाउनु जरुरी रहेको उल्लेख गर्नुभयो । नेपालमा भ्रष्टाचारलाई कारवाही गरीने कानून फितलो हुँदा भ्रष्टाचार बढ्दै गएको छ, उहाँले भन्नुभयो ।
पूर्व्निर्वाचन आयुक्त भोजराज पोखरेलले मुलुकमा निर्वाचन प्रणाली मह·ो हुँदै गएको बताउनुभयो । निर्वाचन प्रणाली खर्चिलो हुँदै जाँदा भ्रष्टाचार पनि बढ्दै गयो, उहाँले भन्नुभयो । डा दधी अधिकारीले मुलुकको आर्थिक विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्नु जरुरी रहेको बताउनुभयो । विसं २०७२ कात्तिक २४ मा जन्मनुभएका नेता सिंहको आहृवानमा विसं २०४६ को जनआन्दोलन सफल भई चैत २६ गते मुलुकमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएको थियो ।